
बर्दियाको राजापुर नगरपालिकामा २ दिने ब्यवसायिक बंगुरपालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरले दुई दिने ब्यवसायिक बंगुर पालन तालिम संचालन गरेको हो ।
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.राजापुर शाखाले संचालन गरेको उक्त तालिममा समुह सदस्य ३९ जनाको सहभागीता रहेको थियो ।
तालिमको एक कार्यक्रमका बीच राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले २ दिने ब्यवसायिक बंगुरपालन तालिमको उद्धघाटन गरेकी हुन ।

कार्यक्रममा बोल्दै नगर उप प्रमुख चाैधरीले युनिकले सामजिक कार्यहरु गदै आएको र महिला शसत्तीकरणको क्षेत्रमा पनि योगदान दिएकोले बित्तीय कारोबार संग सामाजिक उत्तरदायित्व कार्यमा निरन्तरता दिएकोमा धन्यवाद समेत दिईन ।
उनले आर्थिक रुपमा कमजोर हुदा कस्ता खालका समस्या आउछन् सबै भोगेको र देखेको हुनाले महिला दिदी बहिनीहरुले आर्थिक रुपमा बलियो हुनु पर्नेमा जोड दिईन ।
उनले आफु बिगत देखी नै सामाजिक कार्यमा सक्रिय भएकै कारण क्षमता अभिवृद्धी गदै जाँदा आज पाटीले मुल्याङ्कन गदै आज उप प्रमुख पदमा पुयाएको समेत बताईन ।
उनले तालिमबाट परम्परागत रुपमा गरिदै आएको बंगुर पालनलाई परिस्कृत गरी व्यवसायिक रुपमा अगाडी बढ्न उत्प्रेरणा जागृत हुनुका साथै बंगुर पालनका क्रममा देखिने रोग तथा समस्याको विषयमा पनि जानकारी लिन आग्रह गरिन ।

उनले राजापुरमा थारु समुदायले परम्पराकाल देखी बंगुरपालन गदै आएको साथै यसलाई ब्यवसायिक रुपमा महिला दिदी महिनीले अगाडी बढाउदै गएमा लैङ्गिक हिंसा समेत कम हुने बताईन ।
उनले युनिकले २ दिने निशुल्क रुपमा ब्यवसायिक बंगुरपालन तालिम दिएकोले सबैले सक्रिय सहभागिता भई ज्ञान लिन समेत आग्रह गर्नुका साथै तालिमबाट सहभागीहरुले बंगुर पालनका लागि महत्त्वपूर्ण विषयहरु सिक्ने र यसबाट व्यवसायीक रुपमा बंगुर पालनमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरिन् ।
उपप्रमुख चौधरीले मेलमिलाप केन्द्रमा बढी जसो महिला दिदी महिनीहरु आर्थिक रुपमा पिडित भएकाे कारणले आउने गरेको त्यसको प्रभाव परिवार तथा समाजमा समेत पर्ने भएकोले महिलाहरु उधमी बन्नुपर्नेमा जोड दिईन ।
उनले वेरोजगारको समस्या दिनानुदिन बढ्दै गइरहेको परिस्थितिलाई मध्यनजर गर्दै मेहनति, परिश्रमी, आत्मविश्वासी महिला दिदीबहिनीहरुले बंगुर पालन व्यवसायलाई निरन्तरता दिने हो भने आफ्नै गाउँघरमा व्यवसाय गरि आर्थिक स्तरोन्नती गर्न सकिने बताईन ।
त्यस्तै कार्यक्रमको उदेश्य माथि प्रकाश पादै युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का शाखा प्रबन्धक निर्मल रैकाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि. ले बंगुरपालन गदै आईरहेको सदस्य तथा केही गर्छु भन्ने सदस्य हरुलाई आत्मबिश्वास बढाई उधमी बनाउन सहज हुने उदेश्यका साथ तालिम प्रदान गरिएको बताए ।
शाखा प्रबन्धक रैकाले संस्थाले हरेक वर्ष यस्ता आधारभूत सिपमुलक, आयमूलक तालिम प्रदान गर्दै आएको समेत बताए ।
उनले युनिक नेपाल लघुवित्त वित्तिय संस्था लि ले हरेक वर्ष ग्राहक सदस्य सीपबिकास कार्यक्रम अन्तर्गत सदस्यहरुलाई तालिम प्रदान गर्ने र त्यसैको निरन्तरता स्वरुप तालिम प्रदान गरिएको बताए ।
२ दिने ब्यवसायिक बंगुरपालन तालिमको सञ्चालन युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि राजापुर शाखाका शाखा प्रबन्धक निर्मल रैकाले गरेका थिए ।





