हिक्मत बहादुर नेपाली
अछाम बैशाख १० ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना Nuts and Fruits in Hilly Areas (NAFHA) सम्बन्धी जानकारी दिन कमलबजार नगरपालिकामा आज सरोकारावाला संग अभिमुखिकरण गोष्ठी गरिएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाई डोटीको आयोजनामा भएको कार्यक्रम आयोजनका प्रदेश आयोजना प्रवन्धक टिकेन्द्र कुश्मीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा परियोजनाको तर्फबाट टिम लिडर शुभाष श्रेष्ठ, बेद बहादुर रोकाया लगायतले परियोजना सम्बन्धी प्रकास पार्दै पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना र त्यसले गर्ने काम सम्बन्धी जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा कमलबजार नगरपालिकाका, उपप्रमुख शारदा बिष्ट कुँवर विभिन्न वडाका वडा अध्यक्ष प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट, विभिन्न वडा बाट सहभागी अगुवा कृषक तथा अन्य सरोकारवालाको सहभागीतामा सम्पन्न भएको कमलबजार नगरपालिका कृषि विकास शाखामा कार्यरत कृषि प्राविधीक शुनिल कुँवरले जानकारी दिनु भयो । परियोजना सञ्चालनका लागी एसियाली विकास बैक विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम लगायत साझेदार बाट ९३.२४ मिलियन युएस डलर बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय