कमलबजार बैशाख १२ ।
पालिका स्तरीय लैंगिक हिंशा समितीको बैंठक आज कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिका स्तरीय लैंगिक हिंशा समितीका संयोजक कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । विभिन्न सरोकारवाला तथा समितीका पदाधिकारीको उपस्थितमा सम्पन्न भएको बैठकले आगामी बैठक बैसाख २१ गते गर्ने र सो बैठकमा हिंशा पिडितको पुनस्थापना तथा सहयोग गर्न पालिकाले ४० प्रतिशत र साझेदार संस्थाले ६० प्रतिशत बजेटको व्यवस्थापन गर्ने निर्णय गरेको सेफ गल परियोजनाका कार्यक्रम संयोजक दिपा बलमे कमलबजार दैनिक लाई जानकारी दिनु भयो ।
बैठकमा लैंगिक हिंशाका क्षेत्रका समस्याका विषयमा गहन छलफल गरिएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा बाट सञ्चालन हुने लैंगिक हिंशा सम्बन्धी गतिविधीका लागी बजेटको व्यवस्था नगरिएको तर्फ सचेत गदैं आगामी दिनमा लैंगिक हिंशा न्यूनिकरणका लागी संचालन गर्ने कार्यक्रमका लागी बजेट विनियोजन गर्नुपर्ने तर्फ जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय