रमिता बि.क
वैशाख १३ गते : पालिका स्तरीय धार्मिक अगुवाहरूसँग एक दिने कार्यशाला गोष्ठी कमलबजारमा सम्पन्न भएको छ। वाक नेपालको आयोजना तथा कमलबजार नगरपालिकाको समन्वय एवं UNFPA KOICA Good Neighbors international काे आर्थिक सहयोगमा र SAFE Girls परियोजनााकाे सहकार्यमा १ दिने कार्यशाला गाेष्ठि कमलबजार नगरपालिकामा आईतवार सम्पन्न भएको हाे।
गोष्ठीमा सामाजिक सद्भाव, समुदायमा धार्मिक अगुवाहरूको भूमिका, सचेतना अभिवृद्धि तथा स्थानीय तहसँगको सहकार्यका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न तथा आपसी समझदारी बढाउन सहयोग पुग्ने बताएका थिए।
आयोजक संस्थाका कार्यक्रम अधिकृत दिपा बमले धार्मिक अगुवाहरू समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले उनीहरूको सहभागितामा सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी हुने बताउनु भयो । साथै उहाँले समुदायमा शान्ति, सद्भाव र सचेतना विस्तार गर्न धार्मिक अगुवाहरूको भूमिका महत्वपूर्ण रहने उनले उल्लेख गर्नु भयो।
उपस्थित धामी झाँक्रीहरूले परम्परागत ज्ञान, संस्कार र सामाजिक एकतामा आफ्नो भूमिका महत्वपूर्ण रहेको बताएका थिए। समाजमा रहेका कुरीति, विभेद तथा हिंसा अन्त्य गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ थियो।
सोही कार्यशाला गोष्ठीमा वडा नम्बर ८ का वडा अध्यक्ष प्रजा बोगटी र ९ नम्बरका वडाध्यक्ष कमल प्रसाद बोजगाई पालिकाका कर्मचारी डम्बर कुमारी ढुङ्गाना कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारी साधना न्यौपाने कमलबजार बालसञ्जालका अध्यक्ष भावना भण्डारी विभिन्न वडाका देवताका धामी तथा पुजारी पत्रकार लगायतको उपस्थिति रहेको थियो।






