हिक्मत बहादुर नेपाली
अछाम बैशाख १४ । मंगलसेन नगरपालिकाका विभिन्न वडाका धामी, पूजारी तथा धार्मिक व्यक्तिहरुले समुदायमा बालविवाह तथा अन्य हानिकारक प्रथा अन्त्य गर्न आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका रहदै आएको बताएका छन । पछिल्लो समयमा गाउँघरमा यस्ता कुप्रथा क्रमश उन्मुलन हुदै गएको भन्दै उनीहरुले यसमा आफुहरुको पनि थप भुमिका रहदै आएको बताएका हुन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले यस्ता सचेतनामुलक कार्यक्रम गर्दै जानु र धामी तथा पूजारीपनी सचेत हुदै जानुलेपनी समुदायमा सकारात्मक सन्देश प्रवाह भएको अगुवाहरुको भनाई छ । पूजारी तथा धार्मिक व्यक्तिहरुको सामाजिक कुरीति अन्त्य गर्ने सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रममा सहभागि धामी तथा पुजारीहरुको यस्तो भनाई थियो । समाजमा महिनावारी भएको वेला गरिने विभेद विगतको भन्दा कम हुदैं गएको एक कार्यक्रमका सहभागीले बताएका छन । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको समस्याकै रुपमा रहेको छाउपडी कुप्रथा अन्त्यका लागी धामीझाँक्री तथा सामाजिक अगुवा संग गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका छन ।

अछाम जिल्लाको मंगलसेन नगरपालिकाका विभिन्न वडाका धामीझाँक्री तथा धार्मिक अगुवा संग महिनावारी व्यवस्थापनको वर्तमान अवस्था र सुधारका प्रयासका सन्दर्भमा अन्तरक्रिया कार्यक्रममा व्यापक छलफल गरिएको बताईएको छ । समाजमा रहेका कतिपय धार्मीक मुल्यमान्यताका कारण छाउपडी महिनावारी, बालविवाह अवशेष समाजमा रहेकाले धार्मीक अगुवा तथा धामीझाँक्रीले महिनावारी सम्बन्धी सचेतना फैलाएमा समाज रुपान्तरण हुने अपेक्षा सहित कार्यक्रम गरिएको सेफ गर्ल परियोजनाका कार्यक्रम संयोजक गौरी भण्डारीले बताउनु भयो ।
कार्यक्रममा सहभागी मध्ये अधिकांश धामी तथा पूजारीहरुले पछिल्लो समयमा यी सबै कुराहरुमा सुधार हुदै गएको र यसामा आफुहरुको पनि सकारात्मक सहयोग रहदै आएको उनीहरुको भनाई थियो । यो परियोजनाले पटक पटक यस्ता तालिम गोष्ठिको आयोजना गरेर आफुहरुलाई पनि यस विषयमा सकारात्मक बनाएको भन्दै धन्यावद समेत दिएका छन । पहिले पहिले हामी धामी पूजारीहरुलाई हेर्ने दृष्टिकोणपनि फरक थियो अहिले सबै क्षेत्र बाट पहल हुदा आफुहरुलाई पनि राम्रो हुदै गएको बताएका छन ।
मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि अन्य सरोकारवालाहरुले पनि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिएका छन । नगर प्रमुख बोहराले धामीझाक्री भनेका समुदायका अगुवा र सबैले सम्मान गर्ने व्यक्ति भएकाले उनीहरुले यस्ता सामाजिक कुरितीको विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । अहिले पनि धामीझक्रीहरुलाई मान्ने समुदाय रहेकाले आफ्नो पेशालाई मर्यादित बनाउन धामीहरु गम्भिर बन्न आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय