हिक्मत बहादुर नेपाली
अछाम, बैशाख २३ ।
कमलबजार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही हाजिर हुनु भएको छ । अधिकृत शाही हाजिर भएसंगैं पालिकाको दरबन्दी अनुसार उपसचिब स्तरको हाकिम पालिकाले लामो समयपछी प्राप्त गरेको छ । यस अघि पटकपटक निर्णय भएता पछी उपसचिव स्तरको प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिर भएका थिएनन ।
अधिकृत शाही लाई आज कमलबजार नगरपालिकामा स्वागत गरिएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले अधिकृत शाही लाई अविर र खादा लगायर स्वागत गर्नु भएको हो । स्वागत गर्दै उहाँले प्रशासनीक रुपमा व्यापक सुधार हुने अपेक्षा गर्नु भयो । यस्तै अधिकृत शाहीले कानुनले तोके बमोजिम पालिकामा विभिन्न गतिविधी आफ्नो कार्यक्षेत्रको दायरामा रहेर कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
स्वागत कार्यक्रममा पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही लाई टिका र खादा र माला लगायर स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय