अछामको कमलाबजार नगरपालिकामा किशोरी तथा युवतीहरूको सुरक्षित, सहयोगी र हिंसामुक्त वातावरण निर्माण गर्ने उद्देश्यले “सेफ गर्ल्स” परियोजनासम्बन्धी पालिका स्तरीय संयुक्त कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), यूएनएफपीए तथा गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग र सहकार्यमा नेपालद्वारा सञ्चालित “SAFE Girls” परियोजना अन्तर्गत आयोजना गरिएको हो।
कार्यक्रममा कमलाबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख सरदा कुवर, नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख, शिक्षक, नगर स्तरीय बाल सञ्जालका अध्यक्ष भावना भण्डारी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
“सेफ गर्ल्स” परियोजनाले किशोरी तथा युवतीहरूका लागि सुरक्षित, सहयोगी र हिंसामुक्त वातावरण निर्माण गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। परियोजनाले विशेषगरी लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन, बालविवाह तथा सामाजिक विभेदबाट प्रभावित किशोरी तथा युवतीहरूको संरक्षण, शिक्षा, सीप विकास र सशक्तीकरणमा जोड दिएको बताइएको छ।
परियोजना अन्तर्गत किशोरी तथा युवतीहरूलाई आत्मरक्षा, नेतृत्व विकास, जीवन उपयोगी सीप, कानुनी सचेतना तथा सुरक्षित वातावरण निर्माणसम्बन्धी अभिमुखीकरण प्रदान गरिँदै आएको छ। साथै समुदाय, विद्यालय, अभिभावक तथा स्थानीय तहसँग समन्वय गरी बालिका तथा युवतीमैत्री वातावरण निर्माणमा समेत जोड दिइएको जानकारी दिइएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले नगरपालिकाको तर्फबाट “सेफ गर्ल्स” परियोजनाको उद्देश्यअनुसार किशोरी, किशोर तथा युवाहरूका लागि सुरक्षित, समावेशी र सक्षम वातावरण प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको सहजीकरण गुड नेवर्स इन्टरनेशनल नेपालका प्रदेश संयोजक जगदीश दासले गर्नुभएको थियो भने सञ्चालन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगानाले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय