२०८३ बैसाख २७,

युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का सञ्चालक समितिका अध्यक्ष शिव बहादुर चाैधरी(दाङ) को संयोजकत्वमा थारू उद्यमी व्यवसायी संघ गठन गरिएको छ ।

युवा ब्यवसायी समेत रहेका चाैधरी थारु उद्यमी तथा व्यवसायीहरूलाई एकताबद्ध गर्ने उद्देश्यका साथ गठन गरिएकाे थारू उद्यमी व्यवसायी संघकाे संयाेजकमा चयन भएका हुन ।


थारु कल्याणकारिणी सभा, केन्द्रीय कार्यालयको आयोजनामा भएको छलफल कार्यक्रममा संघ गठन गरिएको हो ।
१७ सदस्यीय तदर्थ समितिकाे सचिवमा हृदयनारायण चौधरी (उदयपुर) चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरूमा सिताराम चौधरी (बर्दिया), नन्दुराज चौधरी (दाङ), किरण चौधरी (कैलाली), गुन्जा चौधरी (बारा), प्रवेश चौधरी (कैलाली), सञ्जय चौधरी (सप्तरी), अर्नव चौधरी (दाङ ), विनोद चौधरी (काठमाडौं), सरला चौधरी (दाङ ), जनार्दन चौधरी (सर्लाही), श्रवणकुमार चौधरी (सप्तरी), कृष्ण चौधरी (दाङ), टिकाराम चौधरी (कैलाली), तिलकबहादुर चौधरी (बर्दिया), र शुसिला चौधरी (कैलाली) रहेका छन्।

भेलाले संघको विधान निर्माण गरी सदस्यता विस्तार गर्ने, प्रदेश तथा जिल्ला तहसम्म संगठन विस्तार गरी उद्यमशीलता विकास तालिम आयोजना गर्ने, व्यावसायिक सहकार्य तथा लगानी प्रवर्धनको कार्यक्रम गर्ने थारू उद्यमी व्यवसायी संघका संयाेजक शिब बहादुर चाैधरीले बताए ।
उनै चाैधरी बिगत लामाे समय देखी ललितपुरकाे कुपोन्डोलमा जेनश ईन्टरनेशनल प्रा.ली संचालन गर्दै आएका छन् ।
उनले आलमुनियम प्रोफाईल र त्यसमा प्रयोग हुने सम्पुर्ण एसोसेरिज इम्पोटर होलसेलर रिटेयलमा नेपालको बिभिन्न स्थानमा सप्लाई तथा युपिभिसी र त्यसमा प्रयोग हुने सम्पुर्ण एसोसेरिज बिक्रीवितरण गर्दै आएका छन् ।
उनै चाैधरी युनाईटेड पोलिमर्स उद्योगको अध्यक्ष तथा
निसराउ ग्रुपको अध्यक्ष समेत रहेका छन् ।
२०३८ सालमा दाङकाे राप्ति गाउॅंपालिका-५ मा जन्मेका चाैधरी दाङका स्थायी बासी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय