हिक्मत बहादुर नेपाली
अछाम जेठ ०८ ।
अछामको कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविर सुरु भएको छ ।आँखा शिविरको पहिलो दिन आज २३२ जनाले सेवा लिएका छन् भने ६० जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको शहरी आँखा केन्द्र कमलबजारका फिल्ड सहायक खगेन्द्र उपाध्यायले बताउनुभयो ।कमलबजार नगरपालिका वडा नं १ स्थित कमलबजार बहुमुखी क्याम्पसमा सुरु भएको शिविरमा कमलबजार संगै ढकारी गाउपालिका र तुर्माखाद गाउपालिकाका नागरिकको उल्लेख्य सहभागीता रहेको छ । शिविरको आज विहान एक कार्यक्रमका विच उद्धाटन गरिएको हो । गेटा आँखा अस्पताल गेटा कैलाली र शहरी आँखा केन्द्र कमलबजार, अछामको आयोजना तथा कमलबजार नगरिपालिकाका सहजिकरण सञ्चालन भईरहेको शिविर भोली शनिवार सम्म सञ्चालन हुनेछ ।
आँखा शिविरमा सेवा लिन आएका सेवाग्राही मध्ये कमलबजार नगरपालिका वडा नं ८ का मने दमाईले पालिकामै विशेषज्ञ सहितको आँखा सम्बन्धी उपचार पाएकोमा खुसी लागेको बताउनु भयो । साथैं उहाँले शिविर आयोजक र सेवा प्रदायक निकाय र व्यक्ति लाई धन्यवाद व्यक्त गर्नुभयो ।
आज विहान शिविरको उद्धाटन कार्यक्रमका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले नागरिकलाई धैर्य भएर सेवा लिन आग्रह गर्नु भयो । शिविरमा आउने सबैले सेवा पाउने र शिविरमा उपचार सम्भव नभएका हरुका लागी गेटा आँखा अस्पताल र तिलगंगा आँखा अस्पताल सम्म पुगाउन पालिकाले सहजीकरण गर्ने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख शारदा बिष्ट कुँवरले आफु निर्वाचित भएर आए पछी तेश्रो पटक शिविरको आयोजना गरिएको र यसलाई आउदा बर्षमा समेत निरन्तरता दिईने बताउनु भयो । यस्तै कमलबजार नगरपालिकाका निर्वतमान नगर उपप्रमुख भुमिशरण ढकाल बजगाई, पालिकाका शाखा अधिकृत सातौं खड्ग बहादुर बिष्टले शिविर सफलताको शुभकामना व्यक्त गर्नु भयो । शिविरले आँखा स्वास्थ्य प्रति थप सजक गराउन समेत सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उद्धाटन कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्यकर्मी, विभिन्न क्षेत्रमा आवद्ध व्यक्तीका साथैं आम नागरिकको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शहरी आँखा केन्द्र कमलबजारमा कार्यरत फिल्ड सहायक खगेन्द्र उपाध्यायले गर्नु भएको थियो ।
थप अडियो भिडियोमा हेर्न :
कमलबजार नगरपालिका अछाम KBM FM 89.9 MHz KBM TV रेडियो केबिएम एफ.एम अछाम कमलबजार राष्ट्रिय दैनिक पत्रिका , अछाम कमलबजार मिडिया प्रा




