हिक्मत बहादुर नेपाली
अछाम जेठ ०८ ।
कमलबजारमा निमार्ण भैरहेका विभिन्न योजनाको अनुगमन गरिएकोद छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा योजना अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीले कोल्ड स्टोर तथा विद्यालय भवन निमार्ण योजनाको आज अनुगमन गरेको हो । कमलबजार नगरपालिकाको मुख्य केन्द्र कमलबजारमा निमार्ण भईरहेको चिस्यान घर ( कोल्ड स्टोर ) , श्री शक्ति आधारभूत विद्यालय कमलबजार नगरपालिका वडा नं २ कमलबजार, बागेश्वरी आधारभुत विद्यालय कमलबजार नपा १ मुलीको ४ कोठे पक्की भवन निमार्ण आयोजनाको अनुगमन गरिएको छ । कोल्ड स्टोर निमार्णका लागी संघिय समपुरक बजेटको २ करोड ६४ लाख बजेटमा निमार्ण कार्य भईरहेको छ । यस्तै शक्ति आधारभूत विद्यालय र बागेश्वरी आधारभुत विद्यालयको भवन निमार्णका लागी कमलबजार नगरपालिकाको आव २०८२÷०८३ को बजेटमा ३०÷३० लाख बजेट विनियोजन गििरएको छ । कोल्ड स्टोरको निमार्णको जिम्मा ठेक्का मार्फत पञ्चदेवल डिमुन जेभीले जिम्मा लिएको छ । बहुबर्षिय ठेक्क्mा अन्र्तगत सम्झौता भएको सो योजनाको २०८४ असार मसान्त सम्म निमार्णका लागी समयावधी रहेको छ । हाल सम्म ४५ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ । विद्यालय भवन निमार्णको योजना को अन्तीम चरणको अनुगमन गरिएको हो । विद्यालय व्यवस्थापन समिती मार्फत पालिकामा सम्झौता गरेर निमार्ण भएको भवनको काम प्राविधिक स्टमेट अनुसार सम्पन्न भएको पालिकाका सव ईन्जिनीयर अम्वेश्वरी कुँवरले बताउनु भयो । अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको टोलीमा समितिका सदस्य तथा वडा नं ७ का अध्यक्ष नृप बहादुर बोहरा, वडा नं ३ का अध्यक्ष नन्द सिंह कुँवर त्यसैगरि पालिकाको योजना शाखामा कार्यरत सहायक पाँचौ विरेन्द्र तिमिल्सैना, पुर्वाधार विकास शाखामा कार्यरत सव ईन्जिनीयर अम्वेश्वरी कुँवर, रेडियो नेपालका स्थानीय संवाददाता हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो ।





