हिक्मत बहादुर नेपाली
अछाम जेठ १२ ।
नवनिर्वाचित नगर स्तरीय बाल क्लबका पदाधिकारी संग मंगलसैन नगरपालिकामा परिचयात्मक गरिएको छ । नगर प्रमुख पदम बहादुर बोहराको कार्यकक्षमा भएको परिचयात्मक कार्यक्रममा पालिकाको तर्फबाट क्लवका पदाधिकारी लाई रुद्राक्षको माला , अविर लगायर सम्मान समेत गरिएको थियोे । परिचयात्मक कार्यक्रममा नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगीता रावल सोडारी, वडा नं ३ का अध्यक्ष तथा पालिकाका प्रबक्ता वृख बहादुर बोगटी, वडा नं ५ का अध्यक्ष झंकर प्रसाद भाट , प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मञ्जु महत लगायतको उपस्थिति रहेको थियोे । साथै हालै निर्वाचित क्लवका पदाधिकारीले आगामी निति तथा कार्यक्रममा बालबालिकाका क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने माग राखेका थिए । बालबालिका को क्षमता अभिवृद्धि संगै खेलकुदका क्षेत्रमा वडा र पालिका तहमा विशेष सम्बोधन हुनुपर्ने उहाँहरुको भनाइ थियोे । हालै सम्पन्न भएको बालबालिकाको भेला बाट पालिका स्तरीय बाल क्लवको नयाँ समिति चयन भएको छ । जसमा अध्यक्ष युनिक केसी, उपाध्यक्षमा रेजिना गिरी चयन भएका छन । यस्तै सचिवमा प्रेम भण्डारी, कोषाध्यक्षमा लक्ष्मण रावल , सहसचिव जस्मेन बोहरा गरि १९ सदस्यीय नयाँ कार्य समिति चयन भएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमख मञ्जु महतले जानकारी बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय