गजल 1        भगवान सँग छ मेरो सवाल भनिदेउन है
मेरो पनि तेरो जस्तै छ हाल भनिदेउन है

मुटु रोगी आमालाई आश्रम लानु अघि
त्यही शहरमा छ अस्पताल भनिदेउन है

जिन्दगी खोज्दा खोज्दै जिन्दगी भेटिन
फुलि सके छ दारि कपाल भनिदेउन है

त्यहाँ दुश्मनले मेरो हालखबर सोद्धैहोला
यहाँ आईसकेको छ काल भनिदेउन है,,,

हुन चाहान्छु म पनि यस्तो हुन चाहान्छु
कसरी हुने हो मालामाल भनिदेउन है,,,

2 पलपल मरिरहेछ जिन्दगी पनि!
कसरी चल्छ र!अब यसरी पनि!

अचेल कहाँ बस्दा हुन् बा अामा!
बाढीले बगाईदियाे झुपडी पनि!

जुन अागाेले मलाई जलाउनेछौ!
त्यही अागाेमा जल्नेछाै तिमी पनि!

केही पाउन लाई केही गुमाउनु पर्छ!
झुसिलकीरा त्यसै बन्दैन पुतली पनि!

धन्न मुत्यु सबैकाे हुन्छ र! पाे यहाँ!
नत्र गरिब मरेछ भन्थ्याे धनी पनि!
शंकर राज
संकल्प अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय