राखेर बा’आमा गाउँघरमा बसेका छन्
छोरा बुहारी गएर शहरमा बसेका छन्
रहेछौ तिमी त दिलमापनि बस्न नसक्ने
भगवानलाई हेर न पत्थरमा बसेका छन्
खुट्टा ठोकिन्छ कहिले टाउको ठोकिन्छ
झुपडिहरू मान्छेको भरमा बसेका छन्
केही तस्विरहरू दिलबाट निकाली दिएँ
केही तस्विर छन्, नजरमा बसेका छन्
सफरमा लुकेर बसेकाछन् केही चोरहरू
केही बटुवाहरू सफरमा बसेका छन् नाम: शँकर राज सँकल्प
ठेगाना: अछाम