सिद्धार्थ  नेपाली

ढकारी अछाम

हिन्दू नारीहरुको मान, सम्मान र पहिचानका लागि साँस्कृतिक पर्व, एक एतिहासिक दिन हरितालिका तीज नेपालमा हिन्दु परम्परा अनुसार भगवान शिव र देवी पार्वतीको पुनर्मिलनको उपलक्ष्यमा देशभरि हर्ष र उल्लासका साथ मनाइन्छ । पौराणिक कथा अनुसार पार्वतीले भगवान भोलेनाथलाई आफ्नो पति बनाउन जिद्धी गर्छिन् । भोलेनाथलाई पाउनका लागि हिमालयको गंगा नदीको किनारमा भोक र तिर्खाले पार्वतीले तपस्या गर्छिन् । उनका बुवा पार्वतीको यस्तो अवस्था देखेर असाध्यै दुःखी थिए । एकदिन महर्षी नारद भगवान विष्णुको साथ पार्वतीको विवाहको प्रस्ताव लिएर आए तर जव पार्वतीलाई यो कुरा थाहा भयो तव उनले शोक गर्न शुरू गरे ।

एक साथीले सोध्यो, उनले भनिन्, उनी भगवान शिवलाई आफ्नो पति बनाउनको लागि तीव्र तपस्या गर्दैछिन् । यसपछि उनका साथीको सल्लाहमा आमा पार्वती जंगलमा गइन् र भगवान शिवको पूजामा लीन भइन् । यसै बीचमा भाद्र शुक्लपक्ष तृतीयाको दिन पार्वतीले हस्त नक्षत्रमा बालुवाले शिवलिंग निर्माण गरेर रातलाई जगाउन भोलेनाथको पूजा जागृत गरिन् । पार्वतीको कठोर तपश्या देखेर भगवान शिव उनीहरुसामु देखा पर्नुभयो र पार्वतीको चाहना अनुसार उनलाई एक पत्नीकोरुपमा ग्रहण गर्नुभयो । यसरी भाग्यमानी महिलाहरूले हरितालिका तीजको उपवास गरी उनीहरूको सुहाग अखण्ड र अविवाहित या विवाहित महिला दिदी बहिनीहरुले सर्वप्रथम, यो उपवास माता पार्वतीले भगवान शिवशंकरको लागि राखेकी थिइन् । यस दिन गौरी–शंकरको विशेष पूजा गरिन्छ ।

यस दिन उपवास बसेका महिलाहरू सूर्योदय भन्दा पहिले उठ्छिन् र नुहाएपछि नयाँ कपडा फेर्छन् । केराका पातहरू सहित मण्डप बनाएर पूजाका लागि गौरी–शंकरको मूर्ती स्थापना गरिन्छ । यससँगै पार्वतीलाई सुहागका सबै वस्तुहरू प्रदान गरिन्छ । भजन र कीर्तनहरू दिन भर जागृत हुन्छन् र शिव पार्वती विवाहको कथा सुनाइन्छ । यो त भयो तीजबारे ग्रन्थमा लेखिएका कुरा । संस्कृति र धर्म यी दुईबीच नजिकको सम्बन्ध छ वा धर्मभिरूहरूले महिला र उत्पीडितमाथि शासन गर्न अनगिन्ती कथा बनाएका छन् । संस्कृति समयअनुसार परिमार्जन र विकसित गर्न सकिन्छ । संस्कृति मानव समाजको चिन्तन र हुर्काइ हो, तर सबै धर्म र संस्कृतिमा महिनावारीलाई लिएर कुनै न कुनै भ्रम छ । महिनावारी भएका बेला महिला अपवित्र र अछुत हुन्छन् भन्ने मान्यताले काम गरेको देखिन्छ । अध्ययन अनुसार हिन्दू समाजका महिला आफ्नो जीवनकालभरि तीन हजार दिन अछुतका रूपमा रहन बाध्य छन् भने धेरै वर्षसम्म पौष्टिक आहारबाट पनि बञ्चित हुन्छन् । हिन्दू महिला हरेक महिना महिनावारीको बेला पाँचदेखि सात दिन निजी र सार्वजनिक स्थानमा बहिष्कृत हुन्छन्, जुन दुव्र्यवहारले उनीहरूलाई मर्यादित जीवनको अधिकारबाट ठाडै बञ्चित गर्छ । हिन्दू महिलालाई गरिने यस्ता विभेदकारी बन्देज अन्य समुदायका महिलालाई पनि भोग्न बाध्य पारिएको छ । नारीलाई नारीकै आँखाले हेर्नु र नारीको अस्तित्वको सम्मान गरिनु पर्छ भन्ने सन्देशका साथ हरितालिका तीज मनाइन्छ । जवसम्म समाजमा विद्यमान अन्धविश्वास र कुरितीहरुको अन्त हुँदैन तवसम्म समाजमा नारीहरुले दुःखद भोग्न बाध्य रहिरहन्छन् । त्यसैले सबैले आजै प्रणगरी दाइजो प्रथा छाउपडी प्रथा, बोक्सी प्रथा महिला हिंसा, हत्या, बलात्कार, चेली बेचबिखन आदि यस्ता कुरुतीहरुको बिरुद्ध एकजुट भई सबै महिला दिदी–बहिनी आगाडी आएर यस्ता प्रथाहरुको अन्त गरौं अनि मात्रै हरितालिका दिवसको तात्पर्य हुन्छ र नारीप्रति सम्मान हुन्छ । तसर्थ अब आगामी दिनहरुमा सम्पूर्ण महिला दिदी–बहिनीहरुले आफ्नो अधिकारका साथै आफ्नो जिम्मेवारी बहन गर्दै अगाडी बढ्नु नै आज को आवश्यकता हो ।                                                                                                                       हालः प्रगतिशील नेपाली समाज भारत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय