कमलबजार, असोज २५ ।
नेकपा एमाले कमलबजार नगर समितिको विस्तार बैठक आज कमलबजारमा सम्पन्न भएको छ। कमलबजार नगर समितिका अध्यक्ष खेम राज जैसिको अध्यक्षतामा सम्पन्न भएको आजको विस्तार बैठक तथा वडा दशैको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि संविधान सभाका सदस्य तथा नेकपा एमाले प्रदेश समिति सदस्य भरत साँउद रहनुभएको थियो । त्यस्तै अतिथिमा जिल्ला कमिटी सदस्य कटक बहादुर साँउद जिल्ला कमिटी सदस्य तथा कमलबजार नगर ईन्चाज बल बहादुर कुँवर , जिल्ला कमिटी सदस्य दिपक प्रसाद अधिकारी , नन्दसिंह चलाउने , ललित ढोली लगायत रहनु भएको क्षेत्रीय कमिटी उप सचिव गाेबिन्द ढकालले कमलबजार दैनिक डटकम लाई जानकारी दिनु भयो । आजको बिस्तारित बैठकले कार्तिक ६ गते वडा अधिबेशन र कार्तिक ९ गते नगर अधिबेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको छ साथै असाेज ३१ भित्र पार्टी सदस्यता नविकरण गरिसक्ने समेत निर्णय गरेको ढकालले जानकारी दिनुभयो ।