कमलबजार, असोज ६ ।नेकपा एमालेको देशै भरी बाट आज देखि वडा अधिवेशन सुरु भएको छ । जस अन्तर्गत कमलबजार नगरपालिका वडा नं ८ ढाँकु मा पनि सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न भएको छ । आज भएको प्रथम वडा भेला बाट अध्यक्षमा प्रजा बहादुर बोगटी चयन हुनु भएको छ , त्यसैगरी उपाध्यक्षमा प्रेम रावत , सचिवमा झंकर बिष्ट सहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नवनिर्वाचित सचिव बिष्टले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । आजको कार्यक्रममा गत स्थानीय निर्वाचनताका वडा अध्यक्षका प्रत्यासि ललित बहादुर चलाउने जनप्रतिनिधि वडा सदस्य चक्र बहादुर साँउद, पानसरा दमाई , नेपाल राष्ट्रिय शिक्षक संगठन का प्रतिनिधि कम्मान सिंह चलाउने , लाेकेन्द्र कुमार चलाउने लगायतको उपस्थित रहेको थियो ।
ADVERTISEMENT