निर्मल राजा २०७८कार्तिक २७
नेपाली काँग्रेस कैलालीको १४ औ महाधिवेशन अन्तर्गत आज कैलाली जिल्लाका विभिन्न वडामा निर्वाचन हुँदै छ ।
कैलालीका १२६ वटा वडामा आज २७ गते देखि वडा तहको अधिवेशन प्रारम्भ भएको छ ।
वडा अधिबेशनलाई पार्टीको आन्तरिक जिबनको उत्सबको रुपमा सहमती, सहकार्य, एकता मेलमेलाप र सह- अस्तित्वको भावनाका साथ आम कार्यकर्ता र जनतामा सन्देश प्रवाह गर्ने गरि सम्पन्न गर्न सम्पुर्ण क्रियाशिल सदस्य लाई कैलाली कांग्रेसका पाटि सभापति नर नारायण शाह मनुले बताए ।
नेपाली काग्रेस कैलालीले पत्रकार सम्मेलनको आयोजना गर्दै अधिबेशन भब्य तथा सभ्य तथा मर्यदित बनाउन समेत आग्रह गरे साथै अधिवेशन सफलताको शुभकामना समेत दिएका छन ।
साथै उनले वडा अधिवेशनका लागि तयारी पुरा भएको जानकारी दिए ।

कैलालीमा १८ हजार २ सय ७३ कृयाशिल सदस्यता रहेको जिल्लामा २ हजार ५ सय जना अध्यक्ष,सभापती,क्षेत्रीय प्रतिनिधि लगायतका पदमा चयन गरिने नेपाली कांग्रेस कैलालीले जनाएको छ ।
यस्तै नेपाली कांग्रेस कैलालीका युवा नेता तथा कैलाली कांग्रेसका जिल्ला सदस्य सचिव पदका उमेदवार निर्प बहादुर सुनारले १२६ वडामा सर्वसम्मत प्रतिनिधी आउने र केहि ठाँउमा निर्वाचन हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय