पवित्रा खड्का, कमलबजार,मंसिर २४ । घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौ, भन्ने मुल नारा सहित महिला हिंसा न्यूनिकरण सम्बन्धी १६ दिने अभियान अन्र्तगतको कार्यक्रमको आज कमलबजार नगरपालिका मा समापन गरीएको छ । कार्यबाहक नगर प्रमुख भिम बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिकाका सम्पुणर् वडाबाट सहभागि हुने गरी महिला हिंसा सम्बन्धी डेउडा गित प्रतियोगिता गरीएको थियो । उतm डेउडा प्रतियोगितामा कमलबजार नगरपालिका वडा न. २ बजुडाको देउडा टिम प्रथम, वडा न. ७ सेरा दृतिय, वडा न. १० घोडासेन तृतिय भएका छन । कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष खेमराज जैसि, नेपालि कांगे्रसका नगर उपसभापति तकमान बिष्ट, नेकपा एकिकृत समाजबादि का प्रतिनिधि, महिला संजालका नगर अध्यक्ष मिलता अधिकारी, बाल संजालका नगर अध्यक्ष सिता थापा, वाक नेपालका सरिता बिष्ट, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा नगर स्थित सरोकारवालाहरुको सहभागिता थियो ।कमलबजार नगरपालिका महिला तथा बालबालिका साखा प्रमुख डम्मर ढुगानाको स्वागत मन्त्ब्य बाट सूरु भएको कार्यक्रमको संचालन स्थानिय बाल संरक्षण फोकल प्रसन पबित्रा भण्डारीले गर्नु भएको थियो।
ADVERTISEMENT