कमलबजार, माघ २ । कमलबजार मिडिया प्रा लिका संस्थापक तथा कमलबजार दैनिक डटकमका सम्पादक हिक्मत बहादुर  नेपाली प्रेस चौतारी नेपालको पाँचौ जिल्ला अधिबेशन बाट जिल्ला कमिटी सदस्यमा सर्वसम्मत चयन हुनु भएको छ । एक दशक देखि सञ्चार क्षेत्रमा आवद्ध नेपाली हाल अनलाइन पत्रकारितामा सक्रिय छन ।रेडियो तर्फ रेडियो धनगढी ९०. ५ मेगाहर्जमा कार्यक्रम प्रस्तोता बाट विसं २०६९ बाट सुरु भएको उनको सञ्चार क्षेत्रको यात्रा , दिनेश एफएम ९३.८ मेगाहर्ज (समाचार शाखा) , रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज काठमाडौंमा कार्यक्रम प्रस्ताेता तथा समाचार बाचक र रेडियो कमलबजार ९२.३ मेगाहर्जमा समाचार बाचक तथा कार्यक्रम प्रस्ताेताको रुपमा काम गरिसकेका छन भने , पत्रपत्रिका तर्फ यश अघि  तत्कालीन विसं २०६८ मा धनगढी बाटै प्रकाशित हुने सुदुर  सत्कार साप्ताहिकमा संवाददाता , सुदुर मनोरञ्जन साप्ताहिकका सहसम्पादक, हेडलाईट पाक्षिक का सहसम्पादक मा काम गरिसकेका उनी हाल कमलबजार मिडिया प्रालि नामक  सञ्चार गृह सञ्चालन गरि कमलबजार दैनिक डटकम केबिएम टि भी बाट अनलाइन पत्रकारीतामा सक्रिय छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय