कमलबजार, माघ ५ । विद्यार्थीको सृजनशीलता लाई कोरोना महामारी रोकथाम र नियन्त्रणमा जोड्ने एक सार्थक पहल भन्ने नाराका  साथमा सुर्य श्रेष्ठ ग्रुप द्वारा Virtual बक्तित्वकला आयोजना हुने भएको छ । कोभिड 19 ; सामाजिक आर्थिक असर र नियन्त्रणमा हाम्रो भुमिका ” विषयक देशव्यापी खुला recorded video मार्फत वक्तृत्वकला प्रतियोगिता- २०७८ हुने भएको हो । प्रतियोगिता सम्बन्धि विस्तृत जानकारी का लागि र सहभागीताका लागि तल उल्लेखित विषय बस्तुलाई अध्ययन गर्नुहोला ।                               ” Surya Shrestha Group virtual वक्तृत्वकला प्रतियोगितामा सहभागी हुनुहोस र जित्नुहोस् रु. ३०,०००/ पुरस्कार ”

विद्यार्थीको सृजनशीलता लाई कोरोना महामारी रोकथाम र नियन्त्रणमा जोड्ने एक सार्थक पहल ” कोभिड 19 ; सामाजिक आर्थिक असर र नियन्त्रणमा हाम्रो भुमिका ” विषयक देशव्यापी खुला recorded video मार्फत वक्तृत्वकला प्रतियोगिता- २०७८

# सहभागीताका लागी :
पुरा शरीर देखिने गरी बोलेको भिडियो निम्न माध्यमबाट पठाई सहभागी हुन सकिने छ।
– Surya Shrestha Group वा Page मा म्यासेज मार्फत
– whats app number 5158683043 मार्फत

# नियमहरु:
1.सहभागीले अनिवार्य रुपमा Surya Shrestha Group join र page like गरेको हुनु पर्नेछ।

2. सहभागीताको लागी न्युनतम 5 मिनेट देखि अधिकतम 10 मिनेट सम्मको भिडियो हुनु पर्नेछ।

3. Recorded video प्रष्ट सङ्ग देखिने र सुनिने हुनु पर्नेछ।

4. अभिव्यक्तीको भाषा नेपाली हुनु पर्नेछ।

5. सहभागीताको लागी २०७८ माघ ६ गते देखी फागुन १ गतेसम्म ( अन्तिम दिनको नेपाली 4 PM सम्म)

6. छनौटका लागी Surya Shrestha Group र page मा आएका like, comment र share लाई पनी मूल्याङ्कनको आधार मानिने छ।

7.प्रतियोगीले आफ्नो नाम,ठेगाना र उमेर स्पष्ट खुलाउनु पर्ने छ ।

8.प्रतियोगिता सम्बन्धि सर्वाधिकार आयोजकमा सुरक्षित रहने छ।

9. प्रतियोगिताका विजेताको घोषणा विभिन्न मूल्याङ्कनका आधारमा Surya Shrestha Group का संस्थापक Surya Shrestha की सपुत्री सिया श्रेष्ठको जन्मदिनको अवसर पारेर २०७८ फागुन 4 गते गरिने छ।

10. पुरस्कार रकम तपसिल बमोजिम रहने छ

* प्रथम पुरस्कार रु 15,000 र प्रमाणपत्र
* द्वितीय पुरस्कार रु 10,000 र प्रमाणपत्र
* तृतीय पुरस्कार रु 5,000 र प्रमाणपत्र

सम्पर्क: देवेन्द्र सञ्ज्याल
9848429689

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय