धनगढी, २४ माघ/धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले आफ्नो चुनावी घोषणपत्रमा फाप्ला मैदानलाई अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भनिएकोमा अव आएर त्यो नाराले पनि पुर्णता पाएको मेयर ओडले बताए । उनले धनगढीलाई क्रिकेटको शहर बनाउदै अन्तराष्ट्रियस्तरको मैदानको सपना पुरा भएको बताएका छन् ।
काग्रेंस नेतृ डा.आरजु राणा देउवाको पहलमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएसँगै मेयर ओडले सुदूरपत्र अनलाईनलाई प्रतिकृया दिदै आफुहरु सबैको सपना पुरा भएको बताएका छन् ।
सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ copy :sudurpatra