कमलबजार ,चैत्र १५ ।
नेकपा एमाले कमलबजार नगर कमिटीको विस्तारित बैठक आज कमलबजारमा सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष खेम राज जैसीको अध्यक्षता भएको बैठकमा आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा पार्टीको तर्फ बाट उम्मेदवारी छनोट प्रकृया बनाउने र टोल कमिटी गठन हुन बाँकी वडामा कमिटी गठन गरि सबै एकमत भएर अगाडि बढ्ने निर्णय भएको नेकपा एमाले कमलबजार नगर इन्चार्ज दिपक प्रसाद अधिकारीले जानकारी दिनु भयो । आजको बैठकमा वडा कमिटीका पदाधिकारीको समेत उपस्थिति रहेको थियोे । बैठक लाई संविधान सभा सदस्य भरत साउदका साथै मेयरका आकांक्षी कटक साँउद , दिपक अधिकारी , बल बहादुर कुँवर लगाएतले सम्बोधन गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय