कमल रावल, अछाम चैत्र २८ ।
नेकपा एमाले ढकारी गाउँ संगठन कमिटीले आगामी स्थानिय तहको निर्वाचनका लागि अध्यक्ष, उपाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेर पठाएको छ । संगठन कमिटिको सोमबार भएको भेलाले एमाले अछामका पुराना नेता धर्म बहादुर शाहीलाई अध्यक्ष र युवा नेतृ एमाले अछामका सदस्य माया देवि बुढालाई उपाध्यक्षको उम्मेदवारका लागि सर्वसम्मत छनोट गरेर माथिल्लो कमिटीमा पठाएको हो ।
पालिका अध्यक्ष अम रसिंह बुढाको अध्यक्षतामा भएको बैठकमा उम्मेदवार छनौटका लागि गाउँपालिका संगठन कमिटी सचिव नहकुल साउदले राखेको प्रस्ताव भेलाले सर्वसम्मतअनुमोदन गरेको थियो । भेलामा ढकारी गाउँपालिका अन्तर्गतका ८ मध्ये ३ वटा वडामा वडा अध्यक्षका उम्मेदवार पनि सर्वसम्मत भएको सार्वजनिक गरिएको जनाइएको छ ।
बैठकमा जिल्ला सल्लाहकार धर्म बहादुर शाही, जिल्ला कमिटी सदस्य मायादेवी बुढा, हिमा शाही, जिल्ला कमिटी सदस्य लछिराम भण्डारी, दिपेन्द्र खडका, नेत्र शाही, नेता महादेव बुढा, गोपाल सिंह बुढा र प्रेस चौतारी नेपालका केन्द्रिय अनुशासन आयोगका सदस्य कृष्ण बहादुर बुढा लगाएत एमालेका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।