कमलबजार, चैत्र २९ ।   नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी ) कमल बजार नगरपालिकाको प्रथम भेला आज कमल बजारमा सप्पन्न भएको छ ।

कमलबजार नगरपालिका आयोजित भेलालाई प्रमुख अतिथिको आसनबाट बोल्दै नेकपा (एकीकृत समाजबादी ) का केन्द्रिय सदस्य शेरबहादुर कुवरले विधि पद्धति सिद्धान्त र बिचारमा एमालेमा बिचलन आएपछि आफुहरुले बिद्रोह गरि कम्युनिस्ट आन्दोलनलाई पुनर्निर्माण गर्ने अभियानना लागेको बताउदै केन्द्रिय सदस्य कुवरले अछाम जिल्लाको बिकास र समृद्धिका लागि समाजबादी पार्टीमा गोलबन्ध हुनु पर्ने बताउनु भयो ।

भेलामा बोल्दै केन्द्रिय कमिटी सदस्य अछाम जिल्ला सह इन्चार्ज शंकर भण्डारीले अछाम जिल्लाका आधारभुत तहका जनताका बिच पार्टीको संगठन बिस्तार भएकोले नेता कार्यकर्ताले इमानदारपुर्बक जनताको काम गर्न आग्रह गर्नु भयो ।नेकपा एकीकृत समाजवादीको प्रथम नगर सभामा बोल्दै भण्डारीले स्थानीय तहको निर्वाचन गठबन्धनमा कमलबजार नगरपालिकामा नेकपा एस को सम्मानजनक उपस्थिति हुने कुरामा विश्वस्त रहन  कार्यकर्ता लाई आग्रह गर्नु भयो ।

कमलबजार नगर कमिटीले आयोजना गरेको भेलामा जिल्ला कमिटी उपाध्यक्ष योगेन्द्र बिष्ट उप सचीव नयन सोडारी समाजबादी प्रेस संगठनका केन्द्रिय उपाध्यक्ष राजेन्द्र कुवर सचिवालय सदस्य रामराज नाथ कमल अधिकारी तिर्थ ढकाल बमबहादुर रावल प्रभु खनाल दिपकबहादुर रावल दिपक थापा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य देबेन्द्र बुढा जिल्ला कमिटी सदस्य ध्वजबहादुर थापा कर्ण बोहरा झपट बिक कमला तिमिल्सेना लगाएतका बक्ताले बोल्नु भएको थियो ।

कमलबजार नगर कमिटी अध्यक्ष नयाराम थापाको अध्यक्षतामा भएको भेलाको संचालन सचीव भीमबहादुर बिष्ट स्वागत सिताकुमारी थापाले गर्नु भएको थियोे । कलाकार रिदम बिसि र कमल बिष्ट लगाएतले भेलाको बिच बिचमा आफ्नो कला प्रस्तुति राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय