
अछाम , बैशाख ४ । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामको बैठक सम्पन्न भएको छ । बैठकले संगठनका गतिविधिलाई तिब्रता दिने, स्थानीय तहको निर्वाचनमा पार्टीका गतिविधिलाई प्रथामिकता दिने लगायतका निर्णय गरेको छ । मंगलसेनमा सम्पन्न बैठकले चौतारीमा आवद्ध पत्रकारहरूलाई जिल्लाका १० वटै पालिकामा रिपोर्टिङका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा बोल्दै पार्टी अध्यक्ष चन्द्र बहादुर बोहराले पत्रकारको मर्यादालाई ध्यानमा राख्दै सकृय रूपमा पत्रकारिता गर्न सुझाव दिनुभएको छ । अहिले राजनीतिका नाममा एमाले पार्टीका बिरूद्वमा विभिन्न खालका अफवाह फैलाउने काम भईरहेकाले यस्ता कु प्रचारको प्रेस चौतारीमा आबद्व पत्रकारले भण्डाफोर गर्नुगर्नुपर्ने बताउनुभयो । नेकपा एमाले अछामका सचिव तथा प्रचार विभाग प्रमुख भिम रावलले पत्रकार आचार संहिता भित्र रहेर जिल्लाका समसामयिक विषयमा कलम चलाउन सुझाव दिनुभएको छ । पत्रकार र पार्टी बिचको सम्बन्धलाई थप प्रभावकारी बनाउन पार्टीको तर्फबाट कुनै पनि कुराको कमि हुन नदिने नेता रावलले प्रतिबद्धणता जनाउनु भएको छ । बैठकमा प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य एकिन्द्र कुवर, केन्द्रीय सदस्य तथा सुदुरपश्यिम प्रदेशका सह ईन्चार्ज शिवराज ढुंगाना, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धनराज साउँदकाे र प्रेस चौतारी नेपालका प्रदेश कोषाध्यक्ष चन्द्र थापा लगायतको सहभागीता रहेको थियोे । बैठकको संञ्चालन प्रेस चौतारी नेपाल अछाम शाखाका सचिव बिक्रम परियारले गर्नुभएको थियोे ।