बैशाख ६, अछाम  ।  अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा तानिए संगै आउँदाे स्थानीय तहकाे चुनावका लागि ताेकिनुभएका मुख्य निर्वाचन अधिकृत फेरिने भएका छन् ।

अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत सहित सदरमुकाम रहेकाे मंगलसेन नगरपालिकाका निर्वाचन अधिकृत रहनु भएका जाेशीकाे ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश मनाेज शर्मा आउनुहुने भएको छ ।

सर्वाेच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले कैफियत फैसला गरेकाे भन्दै साेमबार अछाम जिल्ला अदालतका न्यायाधीश जाेशीलाई फिर्ता बाेलाएपछि उहाँको ठाउँमा नयाँ निर्वाचन अधिकृत आउनुहुने भएको हाे ।
निर्वाचन आयोगले सोमबार निर्णय गर्दै अछामको मंगलसेन नगरपालिकामा अछाम जिल्ला अदालतका न्यायाधीश जोशीको ठाउँमा सुर्खेत जिल्ला अदालतका न्यायाधीश शर्मालाई पठाएको हाे ।

आइतबार कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्र पठाउनु भएको हाे ।

जबरजस्ती करणी मुद्दामा जाहेरवाली किशोरीलाई नै ३ वर्ष ६ महिना कैदमा पठाउने फैसला गरेका जोशीको उक्त फैसलामा कैफियत देखिएको भन्दै छानबिनका लागि तत्काल जिम्मेवारीबाट मुक्त गरिएको सर्वोच्च स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय