अछाम ,बैशाख ८ । अछामको दश वटै पालिकामा आज एकै पटक निर्वाचन कार्यालय स्थापना हुने भएका छन् । जिल्ला स्थित दश वटै पालिकाको निर्वाचन परिचालनका लागि खटिएका निर्वाचन हिजो सम्बन्धित पालिकामा पुगिसकेका छन भने आज सवै पालिकामा कार्यालय स्थापना हुने मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिनु भयो ।
आज नै जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय समेत स्थापना हुनेछ । हिजो जिल्ला स्थित सञ्चार कर्मी सङ्गको छफलमा मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनको आचारसंहिता कार्यान्वयन गराउनमा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय