शुवास अधिकारी
कमलबजार, बैशाख ९ ।
कमलबजार नगरपालिकामा सर्वदलीय सर्व पक्षीय बैठक सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन २०७९ को तयारीका विषयमा छलफल गर्न बसेको बैठकले निर्वाचन आचारसंहिता पालना गर्ने लगायत निणर्य गरेको हो । नगर स्थित सम्पुर्ण राजनीतिक दल र अन्य सरोकारवालाको सहभागितामा भएको बैठकले आचारसंहिता कार्यान्वयन गर्न प्रतिबद्ध भएको बताएका छन् । बैठकमा सहभागी राजनितिक दलहरुले निर्वाचन आयोगको आचारसंहिता पुुर्ण पालना गर्ने प्रतिबद्धता गर्ने पनि निणर्य गरेका छन् । बैठकमा निर्वाचन अधिकृत चुडाराज सापकोटाले बैैैठकका एजेन्डाबारे सहजीकरण गरेका हुन । बैठकको संचालन कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुुर बिष्टले गर्नुभएको हो ।
यसैबिच बैठकमा निर्वाचन अधिकृत सापकोटाले नगरपालिकामा ६ हजार ८ सँय ९७ महिला मतदाता र ७ हजार ४६ पुरुष मतदाता गरि कुल १३ हजार ९ सँय ४३ मतदाता रहेको पनि जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय