शुवास  अधिकारी कमलबजार बैशाख १३ ।

आगामी ३० गते हुने पालिका चुनाबका लागी अछामको कमलबजार नगरपालिकामा १६७ जनाको मनोनयन दर्ता भएको छ । नगरपालिकाका निर्वाचन अधिकृत चुडाराज सापकोटाका अनुसार ५२ जनाका लागी १६७ जनाको मनोनयन दर्ता भएको हो । निर्वाचन आयोगले बैशाख ११ र १२ गते पालिका चुुनाबका लागी मनोनयन दर्ताको समय तोकेको थियो । जस अनुुसार मनोनयनको अन्तिम दिन शोमबार बिभिन्न दलहरु र केहि स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुुन् । नगरपालिकाको प्रमुुखका लागी मनोनयन दर्ता गराउनेमा नेकपा एमालेका कटक बहादुर साउद, नेपाली काँग्रेसबाट यज्ञ प्रसाद ढकाल, नेकपा माओवादीबाट नरेन्द्र प्रसाद बजगाई रहेका छन् । यस्तै नेकपा एकिकृत समाजबादी बाट पे्रम बहादुुर बिष्ट, राप्रपा बाट शेर बहादुर बिष्ट, जसपाबाट धन बहादुर थापा, नेपाल मजदुर किसान पार्टी बाट जक्तीराम जैशीले मनोनयन दर्ता गराएका छन् ।
अछामका केहि पालिकामा गठबन्धन गरि मनोनयन दर्ता गरिएको छ । तर जिल्लाको कमलबजार नगरपालिकामा भने सबै दल एक्ला-एक्लै चुुनाबी मैदानमा उत्रिएका छन् । बिशेष गरि यस पालिकामा बलिया देखिएको नेकपा एमाले र नेपाली काँग्रेस बिच कडा प्रतिस्प्रधा हुुने भएको छ । नेकपा एमाले शुुदुरपश्चिम प्रदेश कमिटी सदस्य कटक बहादुर साउदलाई एमालेले मेयरका लागी मैदानमा उतारेको छ भने नेपाली काँग्रेसले यज्ञ प्रसाद ढकाललाई चुनाबी मैदानमा ल्याएको छ । ढकाल नेपाली काँग्रेस महाधिबेशन प्रतिनिधी हुन् । पार्टीमा राम्रो छवि बनाएका ढकालले चुनाब जित्ने आकलन् काँग्रेस नेता कार्यकर्ताले गरेका छन् ।

यस्तै उपप्रमुुखमा नेकपा एमालेबाट सारदा बिष्ट, नेपाली काँग्रेसबाट गौरी भण्डारीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय कमलबजारले जनाएको छ । यस्तै नेकपा माओबादी केन्द्रबाट बम बहादुर रावत, नेकपा मालेबाट दिल बहादुर बिष्ट, राप्रपा बाट मिनाकुुमारी अधिकारी, नेपाल मजदुर किसान पार्टी बाट सुन्तला शाही र स्वतन्त्र बाट बालाराम ढकालले मनोनयन दर्ता गराएका छन् ।
उप प्रमुुखमा उम्मेदवारी दिएकी एमाले की सारदा बिष्ट लामो समय देखी राजनितीमा सक्रिय रहेकी छन् । एमाले जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवरकी श्रीमती बिष्टको पार्टीमा राम्रो छवि रहेको बताईन्छ । गौरी भण्डारीलाई नेपाली काँग्रेसले उप प्रमुखको उम्मेदवारको रुपमा अगाडी सारेको छ । भर्खर मात्रै पार्टीमा सक्रिय भएकी उनलाई टिकट दिईएको प्रति एकथरीका नेता कार्यकर्ता असन्तुष्ट पनि बनेका छन् । राजनितीमा सक्रिय एमालेकी सारदा बिष्ट र भर्खर मात्रै काँग्रेसको राजनितीमा सक्रिय भएकी गौरी भण्डारी बिचको प्रतिस्प्रधाको अवस्थाको बारेमा सहि आकलन गर्न भने गाहा्रे छ ।

यसैबिच बिभिन्न वडाका वडा अध्यक्षका लागी पनि बिभिन्न दलका ब्यक्तिहरुले मनोनयन दर्ता गराएका छन् । नगरपालिकाको वडा नं १ मुुलीमा नेकपा एमालेका भ्वान सिंह रावत, काँग्रेशका तेज बहादुुर बिष्ट, माओवादी केन्द्रका खडक सिंह भण्डारी, राष्ट्रीय प्रजातन्त्र पार्टीका तपेन्द्र प्रसाद ढकाल, एकिकृत समाजवादीका चन्द्र बोगटी र स्वतन्त्र बाट भक्त बहादुुर बोहोराले मनोनयन दर्ता गराएका छन् । यस वडामा काँग्रेसको असन्तुष्ट पक्षले टिकट बितरणमा सन्तोषजनक ब्यवहार नगरेको भन्दै काँग्रेसकै नगर कार्य समिती पुर्व कोषाध्यक्ष भक्त बहादुुर बोहोरालाई स्वतन्त्र उम्मेदवार उठाउने निणर्य गरेको छ । महासमिती सदस्य कमल बहादुर बिक लगायतको पक्षले तेज बहादुर बिष्टलाई नै वडा अध्यक्षको टिकट दोहोर्याएर दिएको भन्दै असन्तुष्टी जनाएको हो । यो वडा नेपाली काँग्रेसबाट नगर प्रमुखको टिकट पाउनु भएका यज्ञ प्रसाद ढकालको वडा पनि हो । काँग्रेस बाट अलग भएर बनेको अर्को पक्षले चुुनाब जित्ने आकलन कतिपयले गर्न थालेका छन् ।
वडा नं २ बजुुडामा नेकपा एमालेका जनक बहादुुर खड्का, काँग्रेशका दिर्घ बहादुुर टमट्टा, माओवादी केन्द्रका तेज बहादुर बिष्ट, र स्वतन्त्र बाट पदम बहादुर खड्काले मनोनयन दर्ता गराएका छन् । बजुडामा नेकपा एमाले र नेपाली काँग्रेस बिच कडा प्रतिस्प्रधा हुने नेताहरुले आकलन गरिरहेका छन् । नेपाली काँग्रेस महासमिती सदस्य तथा वर्तमान नगर प्रमुुख ओमप्रकाश बिष्ट र ३० बैशाखमा हुने पालिका चुनाबमा एमाले बाट उम्मेदवार बनेकि नगर उपप्रमुख सारदा बिष्टको यस वडाबाट केहि दिन अगाडी मात्रै एमाले र माओवादी केन्द्र परित्याग गरि ३ दर्जन बढि नेता कार्यकर्ता काँग्रेसमा प्रबेश गरेका थिए ।

यस्तै वडा नं. ३ बयालामा नेकपा एमालेका नन्दंिसह कुुँवर र काँग्रेशका रामकृष्णर् ढकालले मनोनयन दर्ता गराएका छन् । अन्य कुुनै दलले मनोनयन दर्ता नगराएको यस वडामा यि दुुई उम्मेदवार बिच कडा प्रतिस्प्रधा हुने पक्का छ ।

यस्तै वडा नं. ४ चाल्सामा नेकपा एमालेका मिन बहादुर साउद, काँग्रेशका नेत्र बहादुर थापाले वडा अध्यक्षका लागी मनोनयन दर्ता गराएका छन् । यो वडा नेपाली काँगे्रसका शुदुुरपश्चिम प्रदेश प्रमुुख सचेतक तथा प्रदेश शभा सदस्य अम्बि कुुमारी थापा र नेकपा एमाले बाट नगर प्रमुुखका उम्मेदवार कटक बहादुर साउदको वडा हो । यस वडालाई बिशेष गरि हेरिएको छ ।

वडा नं. ५ कुुईकामा नेकपा एमालेका सत्यराज तिमिल्सैना, काँग्रेशका केशबराज तिमिल्सैना, माओवादीका देविराम देवकोटा, र एकिकृत समाजवादीका ईन्द्र सिंह टमट्टाले मनोनयन दर्ता गराएका छन् । माओवादी केन्द्रका प्रभाबशाली नेता सरदसिंह भण्डारीको यस वडामा सबै दल बिच कडा प्रतिस्प्रधा हुने अनुमान गरिएको छ ।

आगामी बैशाख ३० गते हुने पालिकाको चुनाब अन्र्तगत नगरपालिकाको वडा नं. ६ बिरपथमा नेकपा एमालेका लाल बहादुुर शाह, काँग्रेशका राम बहादुर शाह, र स्वतन्त्र बाट धिरेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन् । काँग्रेस बाट असन्तुष्ट धिरेन्द्र शाहीले स्वतन्त्र बाट उम्मेदवारी गराएको यस वडामा राम बहादुर शाहलाई पुुनः दोहोर्याउने निणर्य काँग्रेशले गरेको छ ।

नगरपालिकाको वडा नं. ७ सेरामा नेकपा एमालेका नृप बहादुुर बोहोरा र काँग्रेशका पदम बहादुर भण्डारीले मनोनयन दर्ता गराएका छन् । एमालेका वडा अध्यक्षका उम्मेदवार बोहोरा सक्रिय राजनिती संग-संगै होटल व्यबसायी हुुन् भने काँग्रेस अध्यक्षका उम्मेदवार भण्डारी काँग्रेसका पाका नेताका साथै नगर कार्य समितीका शभापति हुन् । वडामा निकै रुचाईएका भण्डारी र बोहोरा बिच कडा प्रतिस्प्रधा हुुने पक्का छ । एकिकृत समाजवादी पार्टी नेकपा एमालेमा समाहित भएकोले पनि यस वडामा कडा प्रतिस्प्रधा हुुने पक्का हो ।

यस्तै वडा नं. ८ ढाँकुमा नेकपा एमालेका प्रजा बोगटी, काँग्रेशका मिन बहादुुर बिष्ट, माओवादी केन्द्रका मन बहादुुर चलाउने र स्वतन्त्र बाट कमल बहादुुर बिष्टले मनोनयन दर्ता गराएका छन् । काँग्रेस महासमिती सदस्य एवंम् युुवा नेता गणेश बहादुर बिष्टको यस वडामा पनि सबै दल र स्वतन्त्र उम्मेदवारका बिच कडा प्रतिस्प्रधा हुुने आकलन् गरिएको छ । एमाले, काँग्रेस लगायतका असन्तुष्ट पक्षले स्वतन्त्र बाट कमल बहादुुर बिष्टलाई बलियो उम्मेदवारको रुपमा खडा गरेका छन् ।

यस्तै वडा नं. ९ मष्टावण्डालीमा नेकपा एमालेका कमल प्रसाद बजगाई, काँग्रेशका ईन्द्र बहादुुर रावत र माओवादी केन्द्रका लोक बहादुर रावतले मनोनयन दर्ता गराएका छन् । काँग्रेस महासमिती सदस्य एवंम् नगर उप प्रमुख भुमिसरण ढकाल बजगाई र काँग्रेस जिल्ला उपशभापति नयाँराम बजगाईको यस वडामा पनि सबै दल बिच कडा टक्कर हुने अनुमान गरिएको छ ।

नगरपालिकाको वडा नं. १० घोडासैनमा नेकपा एमालेका श्यामलाल देउबा र काँग्रेशका भिम बहादुुर बिष्ट चुनाबी मैदानमा उत्रिएका छन् । कमलबजारका पुुराना ब्यापारी तथा एमाले नेता देउबा र ०७४ को स्थानिय चुनाबका वडा अध्यक्ष बिष्ट बिच पनि कडा प्रतिस्प्रधा हुने पक्का छ । घोडासैनका प्रायः जनताले रुचाएका बिष्टलाई फेरी पनि काँग्रेसले बलियो उम्मेदवारको रुपमा उठाएको हो । बिष्ट काँग्रेस क्षेत्रिय कार्य समिती क्षेत्र नं. २ का वर्तमान सचिब हुन् ।
मंगलबार अर्थात आज बिहान १० बजे देखी बेलुुका ५ बजे सम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने बताईएको छ । १४ गते बुधबार मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुुझ गरी निणर्य गर्ने, १५ गते बिहिबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते शुुक्रबार उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गरिने स्थानिय चुनाबको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय