
हिक्मत नेपाली
कमलबजार, बैशाख २४ ।
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ८ ढाँकुको चुनावी आमसभा तथा घरदैलो कार्यक्रम डुङ्गालामा सम्पन्न भएको छ । वडा कमिटी अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य एवं अछाम क्षेत्र नं २का संघिय सांसद यज्ञ बहादुर बोगटी रहनु भएको थियो । यस्तै अतिथीमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं कमलबजार नगरपालिकाका नगर प्रमुखका उम्मेद्धवार कटक बहादुर साउद, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं कमलबजार नगरपालिकाका नगर उपप्रमुखका उम्मेद्धवार शारदा बिष्ट कुँवर अतिथीमै सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मना अधिकारी , हंश बहादुर बिष्ट ,अछाम जिल्ला कमिटी उपाध्यक्ष बल बहादुर कुँवर जिल्ला कमिटी सदस्य ललित ढोली , दुर्गा प्रसाद बजगाई , नन्दराज चलाउने , गोविन्द प्रसाद ढकाल ,कमला कुँवर ,जिल्ला कमिटी सचिवालय सदस्य एवं कमलबजार नगर इन्चार्ज दिपक अधिकारी जिल्ला सल्लाहकार समितीका सदस्य ललित चलाउने , अनेरास्ववियू केन्द्रिय सदस्य सरोज रावल नेकपा एमाले कमलबजार नगर कमिटी अध्यक्ष खेमराज जैशी, रहनु भएको थियो । नेपाल बुद्धिजिवि परिषदका सदस्य कम्मान सिंह चलाउने, नेपाल निजामती कर्मचारी संगठन अछामका अध्यक्ष बिष्णु जैशी सचिब झनक अधिकारी , पिनका उपाध्यक्ष सुरेश दमाई तथा नेपाल प्रेस चौतारीका जिल्ला सदस्य हिक्मत बहादुर नेपाली लगायतको उपस्थिती रहेको थियो । आजको कार्यक्रममा नेपाली काँग्रेस , माओवादी केन्द्र र समाजवादी पार्टी परित्याग गरी तीन दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश भएका छन । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेकपा एमालेका कमलबजार नगर प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेद्धवार लाई सुर्य चिन्हमा मतदान गरी बिजयी गराई दिन अपिल गरेका थिए । ठुलो जनमासका बिच सम्पन्न भएको सो कार्यक्रमको सञ्चालन लोकेन्द्र कुमार चलाउनेले गर्नु भएको थियो ।