
कमलबजार,बैशाख ३१ । कमलबजार नगरपालिका वडा नं १० मा भिम बहादुर बिष्ट वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । नेपाली काँग्रेस बाट उम्मेदवार बिष्ट उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्यामलाल देउवा भन्दा १२२ मत बढी ल्याएर विजयी हुनु भएको हो । उहाँ दोस्रो कार्यकालका लागि ४६० मत ल्याएर विजयी हुन भएको हो । उहाँका प्रतिद्वन्दी श्यामलाल देउवाले ३३८ मत ल्याउनु भएको छ । यसै गरि नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष , महिला सदस्य र दलित महिला सदस्य र १ खुल्ला सदस्य विजयी हुनुभएको छ भने थप एक खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवार हस्त विष्ट विजयी हुनुभएको छ उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेस का जिल्ला सहसचिव गोविन्द बिष्ट लाई पराजित गरि उहाँ विजयी हुनु भएको हो ।त्यसैगरी १० नं वडाको मत गणना सकिले वडा नं १० बाट नेपाली कांग्रेसका उम्मेदवार यज्ञ ढकाल ले ४५२ मत प्राप्त गरेका छन भने
नेकपा एमालेका उम्मेदवार कटक साउदले ३४६ मत प्राप्त गरेका छन । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार गौरी भण्डारीले ४१२ मत प्राप्त गरेकी छन त्यसै गरि एमालेका उम्मेदवार शारदा कुँवरले ३८५ मत प्राप्त गरेकि छन ।