हिक्मत नेपाली
कमलबजार , बैशाख ३०।
कमलबजार नगरपालिका वडा नं ९ को वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमल प्रसाद बजगाई निर्वाचित हुनुभएको छ । उहाँले ३९६ मत प्राप्त गर्नु भएको छ भने उहाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्र रावत ३६८ मत प्राप्त गर्नु भएको छ । बजगाई २८ मत अन्तरले विजयी हुनु भएको छ । वडा नं ९ मा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन रहेको थियोे । नेकपा एमालेका युवा नेता बजगाईले गठबन्धनका उम्मेदवार रावतलाई पराजय गर्न सफल भएका छन । नेकपा एमालेले कमलबजार नगरपालिकाकाे हकमा ९ नं वडा बाट विजयीको सुरुवात गरेकोछ ।