
कमलबजार, जेठ १३ ।
कमलबजार नगरपालिकामा कार्यपालिकामा निर्वाचीत पदाधिकारी लाई प्रमाणपत्र वितरण गरिएको छ । आज एक कार्यक्रमका विच कमलबजार नगर कार्यपालिकाको कार्यालयमा प्रमाणपत्र वितरण गरिएको हो । यश अघि निर्वाचित वडा सदस्य बाट ५ जना र ३ जना दलित सदस्य गरी ८ जना नेकपा एमालेका उम्मेदवार कार्यपालिकाका सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत चुडाराज शर्माले जानकारी दिनु भयो । निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यक तर्फ सदस्य तर्फ चक्र बहादुर टमट्टा, धन बहादुर बिक र गोविन्द सुनार रहेका छन । पाँच जना महिला सदस्यमा यश अघि वडा सदस्यमा निर्वाचित सदस्य हरुबाटै रहेका छन । महिला तर्फ जमना कुमारी चलाउने ,जानकी कुमारी बिष्ट , मना वड, धनसरा ढोली र लिलावती बिष्ट रहेका छन । कमलबजार नगर कार्यपालिकामा एमालेको बहुमत रहेकाले एमालेका उम्मेदवारको उम्मेदवारी परेकाले सर्वसम्मत निर्वाचित भएका छन । सो कार्यक्रममा नगर प्रमुख यज्ञ प्रसाद ढकाल , नगर उपप्रमुख शारदा कुमारी बिष्ट , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियोे ।