
कमलबजार, श्रावण ३१
नेकपा एमाले कमलबजार नगरपालिका वडा नं ८ ढाँकुको वडा कमिटीको पुनर्गठन भएको छ । वडा अध्यक्षमा रमेश चलाउने र सचिवमा दल बहादुर बिष्ट निर्विरोध चयन भएका छन । अन्य पदाधिकारीमा भने यश अघिकै पदाधिकारी लाई निरन्तरता दिने निर्णय भएको सचिव बोगटीले बताएका छन । यश अघि वडा कमिटीको अध्यक्षमा प्रजा बोगटी र सचिवमा झंकर बिष्ट रहनु भएको थियो । बैशाखमा सम्पन्न स्थानीय निकाय को निर्वाचन २०७९मा प्रजा बोगटी वडा अध्यक्ष र झंकर बिष्ट वडा सदस्यमा निर्वाचित भए पश्चात् पार्टीको वडा कमिटीको जिम्मेवारी हेरफेर भएको बताईएको छ ।
