गजल
कुरा नबुझी बजाइरहेछन हेर ताली
को हो त्यो शकुनी भन्दा पनि जाली
दिनरात बगाउँदा खुन पसिना यहाँ
महगी बढेर हो कि रित्ता छन् है थाली
कुकुर बिराला झै गरिरहे दोषादोष
सधैंभरि एकअर्कामा चलिरह्यो गाली
छोप्नलाई काला कर्म भिर्दै रामनामी
कम्बल ओढी खादा रहेछन है छाली
पाप गर्नेको नै यहाँ हुँदा फलिफाप
राम नहुदा रावणको छ हालीमुहाली
जुन जोगी आए पनि चिरिएका कान
फल मात्र खोज्छन् काम नगर्ने माली
भुपाल अधिकारी
बिराटनगर -६रामपुर