
कविता
प्रेमको पुजारी
लिएर आउ,प्रेम गर्न तिमी, पबित्र त्यो मन
पछाडि म त ,हटदिन प्रिय, झुटो हुदैन बचन
हे मेरी रानी,खोलेर हेर,दिलको त्यो द्वार
गुलाफको फूल,हातमा दिन्छु,गरेर पियार
हे मेरी परी,आएर हेर,दिलको माझैमा
म पर्खी बस्छु, लिएर आश,औसीको रातैमा
झनझन मलाई,तान्दछ हेर,सुन्दर त्यो रुपले
बास्ना मिठो,दिदैछ हेर,बालेको त्यो धुपले
बुझेर हेर, होइन म त,दिलको व्यापारी
राखेर दिलमा, गर्नेछु इज्जत,म प्रेमको पुजारी
भुपाल अधिकारी
बिराटनगर -६रामपुर