कमलबजार,भाद्र १४ ।
कमलबजार नगरपालिकाको आयोजनामा हिन्दुहरुको महान पर्व हरितालिका तिज २०७९ को शुभकामना आदान प्रदान
तथा तिज प्रतियोगिता कमलबजारमा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्टको अध्यक्षता मा भएको कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम  प्रदेश साँसद अम्विका थापा रहनु भएको थियोे भने विशिष्ट अतिथिमा कमलबजार नगरपालिका नगरप्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियोे ।
आज भएको प्रतियोगितामा कमलबजार नगरपालिकाका विभित्र वडा बाट टिम सहभागी रहेका थिए जस मध्य कमलबजार नगरपालिका वडा नं ५ को टिम प्रथम भएको छ, त्यसैगरी द्वितीय वडा नं १ मुली क्रमश तृतीय वडा नं २ बजुडा र सान्त्वना वडा नं ३ बयलाको टिम भएको हो । क्रमश प्रथम हुने टिमलाई  रु १००००।- दृतिय लाई रु ७०००।-तृतिय लाई रु५०००।-सान्तवना (सहभागि) पुरस्कार  रु ३०००।- नगद र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि र बिशिस्ट अथितीको हात बाट हस्तान्तरण गरिएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय