अछाम भदौ १८ । आगामि मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवारको नाम सिफारिस गरेको छ। नेकपा एमालेले प्रदेश सभाका लागि अछामका चारवटा क्षेत्रबाट १९ जनाको नाम सिफारिस गरीएको हो।

नेपाल कम्यूनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र समन्वय समितिका बैठकहरुले उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रदेश सभाका लागि अछामको निर्वाचन क्षेत्र नम्बर १ को क र ख बाट ४/४ जनाको नाम संकलन गरीएको छ। निर्वाचन क्षेत्र नम्बर १ को क बाट प्रकाश शाह, देव बहादुर कँुवर, देव बहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरीएको छ। यस्तै अछाम निर्वाचन क्षेत्र नम्बर १ को ख बाट कृष्ण प्रसाद जैशी, केशर बहादुर साउँद, डिबि साउँद र पद्मा तिमिल्सिना न्यौपाने नाम सिफारिस गरीएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर २ को क बाट ७ जना र ख बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ। निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश अन्तर्गत प्रत्यक्ष तर्फ बम बहादुर बिसी, भिम बहादुर बिष्ट, कमल रावल, बल बहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको जनाईएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर २ को ख बाट शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भिम रावल कालोटोपी, दिपक अधिकारी, भिम जनला, कृष्ण साउँद, लिलाराज केसी र टोप बहादुर शाहीको नाम सिफारिस गरीएको नेकपा एमाले जिल्ला कमिटी सचिव भिम बहादुर रावलले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय