अछाम भाद्र १९ । प्रतिनिधि सभाकाे निर्वाचनको लागि नेकपा एमाले अछामले उम्मेदवार सिफारिस गरेको छ ।
२ वटा निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नम्बर १ बाट पुर्व उपप्रधानमन्त्री,गृह तथा रक्षा मन्त्री डा. भिम बहादुर रावल र क्षेत्र नम्बर २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य तथा वर्तमान लोकप्रिय सांसद यज्ञ बहादुर बोगटीको एकल नाम सिफारिस गरिएको छ ।
२०७४ निर्वाचनमा क्षेत्र नम्बर १ मा रावलले नेपाली काँग्रेसका निवर्तमान सभापति भरत कुुमार स्वार र क्षेत्र नम्बर २ मा वर्तमान सांसद समेत रहेका बोगटीले नेपाली कांग्रेसका वर्तमान पार्टी सभापति पुष्प बहादुुर शाहलाई पराजित गरेका थिए । २०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ मा रावल २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए । रावल र स्वार मतान्तर ७ हजार १ सय ६४ रहेको थियो ।
रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
चार वटा प्रदेश निर्वाचन क्षेत्रमा भने सहमति सर्वसम्मत हुन सकेन । अछाम –१ को (क) र (ख) प्रदेशमा चार–चार जनाको सिफारिस भएको छ । यस्तै, अछाम –२ को (क) बाट सात जना र (ख) बाट आठ जनाको नाम सिफारिस भएको एमाले अछामका उपसचिव डम्बर बिसीले जानकारी दिनुभयो ।
अछाम –१ को (क) प्रदेश निर्वाचनमा प्रतक्ष्यतर्फ प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरिएको छ । अछाम –२ को (ख) बाट कृष्णप्रसाद जैसी, केशरबहादुर साउँद, डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपानेको नाम सिफारिस भएको छ ।
अछाम –२ को (क) बाट सात जना र (ख) बाट आठ जनाले प्रदेशको प्रत्यक्षतर्फको उम्मेद्वार हुन आवेदन आएपछि सोहीअनुसार सिफारिस गरिएको सो दलले जनाएका छन् । अछाम –२ को (क) प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ बमबहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्दसिंह चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम आएको छ ।
अछाम–२ को (ख) मा शिवप्रसाद उपाध्याय, भीम जनला, कृष्ण साउँद, चन्द्रबहादुर बोहरा, भीम रावल (कालोटोपी), टोपबहादुर शाही, दीपक अधिकारी, लिलाराज केसीको नाम सिफारिस गरिएको एमाले अछामले जानकारी दिएको छ ।
सङ्घीय र प्रदेशको प्रत्यक्ष र समानुपातिक सूची सोमबार जिल्ला कमिटीले तयार पारेर प्रदेश कमिटीमा पठाउने बताइएको छ । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) ले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ ।