हिक्मत नेपाली
अछाम, भाद्र २८ ।
युनिसेफ नेपालको आर्थीक सहयोगमा बास नेपाल द्धारा कमलबजार नगरपालिका भित्र रहेका अनाथ तथा बिपन्न बालबालिका मध्ये ५ जनाबालबालिकालाई आर्थीक सहयोग गरिएको छ । कमलबजार नगरपालिका वडा नं १ का कृष्णा नेपाली र दिनेश बिक त्यसैगरी वडा नं १० का हिमा खड्का, तपेन्द्र बिष्ट र सुरत भण्डारी गरी जम्मा ५ जना बालबालिका लाई जनही ५ हजारका दरले आर्थीक सहयोग गरिएको बास नेपालमा कार्यरत जिरा कुमारी बिष्टले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिका १का वडा अध्यक्ष भक्त बहादुर बोहरा , वडा नं १० का कार्यबाहक वडा अध्यक्ष हस्त बिष्ट, कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट र महिला तथा वालबालिका शाखाका प्रमुख डम्बर ढुंगानाको उपस्थिीती रहेको थियो । बास नेपालले यस अघि पनी अनाथ तथा बिपन्न बालबालिका लाई सहयोग गदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय