कमलबजार ,असोज ३ ।
कमलबजार नगरपालिका वडा नं ८ डुङ्गालाका बाढी पिडितका लागि ५० हजार पाँच सय सहयोग हस्तान्तरण गरिएको छ । अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं ७ सेरा स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आउनु भएका समाजसेवी टंक बहादुर भण्डारीले निजका भाइ खेम भण्डारी मार्फत पठाउनु भएको रकम पिडित मध्येका कल्लाने दमाई लाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा ,कमलबजार नगरपालिका प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाई , कमलबजार दैनिक डटकमका प्रकाशन/ सम्पादक टंक भण्डारी लगायतको उपस्थिति रहेको थियोे ।
अविरल बर्षाका कारण असोज १ गते बिहान पहिरोले कल्लाने दमाईको घर भत्किदा निजको भतिजा गोपाले दमाई (थिउरे) का छोरा बर्ष २६ को गम्भीर दमाई , बुहारी बर्ष २३ कि भाना दमाई , नातिनीहरु क्रमश डिक्रा (८ वर्ष ) , कल्पना ( ५ बर्ष ) , सृष्टि (३ बर्ष ) गरि ५ जनाको मृत्यु भएको थियो ।
ADVERTISEMENT