भानु ढकाल , कार्तिक १ अछाम ।

नेकपा एमालेको तर्फबाट अछाम क्षेत्र न २ प्रदेश सभा क का उम्मेदवार भिम बहादुर बिष्टले बिचार बिहिन गठबन्धनलाइ जनताले आसन्न चुनावमा किनारा लगाइदिने बताउनुभएको छ । निहित स्वार्थ पुर्ती गर्नकालागी बिपरित दर्शन र शिद्दान्त भएका दलहरुले गठबन्धन भन्दै जनताको अँखामा छारो हाल्न खोजेको कुरा आम नागरिकले राम्रो सङ्ग बुझिसकेको उहाले बताउनुभयो । गठबन्धनधारिले आधुनिक युगका चेतनशिल नागरीकलाइ झुट बोलेर झुक्याइहाल्छौ भन्ने दिवा सपना देखेको टिप्पणी बिस्टले गर्नुभयो ।
आज पन्चदेवल बिनायक नगरपालिका वडा न ८ बारलामा भएको मतदाता भेटघाट कार्यक्रममा उहाले सो कुरा उल्लेख गर्नुभएको हो ।

मतदाता भेटघाट कार्यक्रममा शुदुरपश्चिम प्रदेश कमिटी सचिबालय सदस्य नन्द बहादुर कडायत , जिल्ला कमिटी सचिबालय सदस्य शेर बहादुर बुढा , सुरेन्द्र शाही पन्चदेवल बिनायक नगर कमिटी अध्यक्ष गोरख रावल , अनेरास्वबियु जिल्ला कमिटी सचिबालय सदस्य राजकुमार सुनार नेकपा एमाले अछाम काठमाडौ सम्पर्क मन्छ सचिबालय सदस्य ओम बिक्रम बिस्ट लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय