भानु ढकाल , अछाम कार्तिक ५ ।

नेकपा एमाले अछाम क्षेत्र नम्बर २ प्रदेश सभा क को पन्चदेवल बिनायक नगरपालिकामा जारी पहिलो चरणको मतदाता भेटघाट तथा घरदैलो अभियान सम्पन्न भएको छ ।

आज नगरपालिकाको वडा नम्बर ५ लयाटिमा मतदाता भेटघाट तथा घरदैलो सम्पन्न भएसङ्गै नगरपालिकाका ९ वटै वडामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रदेश कमिटी सचिबालय सदस्य नन्द बहादुर कडायतको नेतृत्वमा असोज २९ गते वडा नम्बर ६ तोलिबाट अभियान सन्चालन गरिएको थियो ।

अभियानको क्रममा अधिकांस मतदातसङ्ग भेटघाट गरि
जनताका मुलभुत समस्या पहिचन गरेको र आफु निर्वचित भएपश्चात ती समस्या समाधान गर्ने उम्मेदवार भिम बिस्टले बताउनुभयो ।

केतुकाना , तुर्बन , जोगिबर्साले , कोसेडी , तामकोट , भानाकोट लगाएत सडक नपुगेका ग्रामिण बस्तिहरु लयाटी ,पुल्लेतोला ,बारला र कालेकाडाका खानेपानी नभएका टोलहरु , सबै वडाका नाजुक अवस्थामा रहेका बिधालयहरु र सरकारी स्वास्थ्य संस्थाहरु आफ्नो प्रथमिकतामा रहेको उहाँले बताउनुभयो ।

मतदाता भेटघाट कार्यक्रममा जिल्ला कमिटी सचिबालय प्रेम खत्री , शेर बहादुर बुढा , सुरेन्द्र शाही , माहारुप जोशी पन्चदेवल बिनायक नगर कमिटी अध्यक्ष गोरख रावल , अनेरास्वबियु जिल्ला कमिटी सचिबालय सदस्य राजकुमार सुनार नेकपा एमाले अछाम काठमाडौ सम्पर्क मन्छ सचिबालय सदस्य ओम बिक्रम बिस्ट लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय