भानु ढकाल अछाम , कार्तिक ८ ।
नेकपा माओबादि केन्द्र जिल्ला समन्वय समिती सदस्य एवम तत्कालिन जन मुक्ती सेनाका कमान्डर जनक गिरी ( बिनोद ) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको आयोजनामा आज कालेकाडामा भएको एक कार्यक्रममा उनले एमाले प्रबेश गरेका हुन ।
प्रबेश कार्यक्रममा गिरिले माओबादीकेन्द्रमा अस्वभाबिक बिचलन आएकाले आफुले पार्टी परित्याग गरेको बताएका छन् ।
माओवादी केन्द्रमा पछिल्लो समय चाकडिवाद र कमिसनवाद हाबी भएकाले सच्चा कार्यकर्ता त्यस्मा बस्न नसक्ने र अब बिस्तारै नगरपालिका ९० प्रतिशत मावोबादी कार्यकर्ताले पार्टी छोड्ने उनले बिश्वास ब्यक्त गरेका छन् ।
गिरि कालेकाडाका निकै प्रभाशाली ब्याक्ति मानिन्छन् ।
यस अघि नेकपा माओवादी केन्द्रका पन्चदेवल बिनायक नगरपालिका इन्चार्ज जगत बिएल र जिल्ला कमिटी सचिबालय सदस्य माहारुप जोशी ( बिज्ञान ) एमाले प्रबेश गरेका थिए ।