
टेक बहादुर थापा, अछाम
मंगलसेन – नेकपा एमाले अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका सदस्य यज्ञ बहादुर बोगटीले जिल्लाकै भौगोलिक रुपमा विटक मानिएको साविकको रहफ गाविसलाई आफ्नै कार्यकालमा सडक संजाल संग जोडेको बताउनु भएको छ ।
२०७४ सालको निर्वाचनमा आफुले रहफ जादा भुलु र रहफलाई सडक संजालसंग जोड्ने प्रतिबद्धता जनाएको र अहिले वडा नम्बर १ र २ लाई सडक संजालले जोड्ने काम भईरहेको बताउनुभयो । विकासको सुरुवात पुर्वी भैसोले क्षेत्रबाट गर्ने आफुले गरेको प्रतिबद्धता अनुसार नै विकास निर्माणका योजनालाई अघि बढाएको र केही महत्वपूर्ण आयोजनाहरु अहिलेपनि अधुरै रहेकाले भुलु र रहफ जस्ता विकट क्षेत्रको विकासका लागि एक पटक निर्वाचित गराउनुपर्ने नेता बोगटीको भनाई छ ।
तुर्माखाद गाउँपालिका वडा नमबर २ को रहफमा भएको नेकपा एमालेको कार्यकर्ता भेटघाट तथा घरदैलो अभियनमा नेता बोगटीले जनताको आसा र भारोसालाई निरासामा परिणत हुन नदिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।
कार्यक्रममा बोल्दै प्रदेशसभा (क) का उमेदवार भिम बहादुर बिष्टले आफु कमिसनको खेलमा नलागेर जनताको पक्षमा कामगर्ने उदेश्य बोकेर राजनितिमका होमिएकाले जनताले पत्याएपछि गर्व गर्ने लायकको कामगरेर देखाउने बताउनुभयो । भौगोलिक रुपमा पछी परेको यो प्रदेशमा रहेका समस्याहरुलाई क्रमश रुपमा समाधान गर्दै विकासका दृष्टिकोणले सम्पन्न प्रदेश बनाउने आफ्नो लक्ष रहेको उहाकोे भनाई छ ।
कार्यक्रममा पार्टिका प्रदेश कमीटी सदस्य एवं समानुपातिक उमेदवार भरत साउद, प्रदेश कमीटी सदस्य भरत साउद, एमाले जिल्ला कमीटी सचिव भिम रावल, जिल्ला कमीटी सदस्य दस्य तुल्सी गिरी बिष्ट, निरक बहादुर शाही, तुर्माखाद गाउँपालिका उपसचिव विनदो शाही लगायतको सहभागिता रहेको थियो ।
नेकपा एमाले तुर्माखाद गाउँकमीटी ईन्चार्ज नरेश कुमार शाहीको नेतृत्वमा गएको टोली पालिकामा विभिन्न वडामा घरदैलो गरिरहेको छ ।