अछाम १३ कात्तिक
सत्ता गठबन्धनको घर दैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम कमलबजार नगरपालिकाको ढाकु,बिन्ताल्लामा सम्पन्न भएको छ ।
घर दैलो कार्यक्रममा अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्प बहादुर शाह,प्रदेश सभा सदस्य पदका उम्मेदवार मानबहादुर रावल ,प्रदेश सभा ख नेपाली काङ्ग्रेस तर्फबाट समानुपातिक उम्मेदवार धनबहादुर बुढा , नेकपा माओवादीका तर्फबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार मोतीकला चलाउनेको उपस्तिथि रहेको थियो ।
घर दैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्प बहादुर शाहले गठबन्धनका उम्मेदवार हरुको जित निश्चित भएको बताउनुभयो । सबैले हातमा हात मिलाएर एक जुट भएर यो महा अभियानना लागेर गठबन्धनका उम्मेदवार लाई जिताउन लाग्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रदेश सभा (ख) का प्रदेश सभा सदस्य उम्मेदवार मानबहादुर रावलले केपि वलिले जनताले दिएको मतको कदर नगरी उल्टै अवमूल्यन गरि देशको राष्ट्रियता माथी प्रहार गरि तहसनहस गर्न खोजेकोले केपी वलि प्रवृत्तिका विरुद्ध गठनबन्धन भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर,नेपाली काङ्ग्रेस अछामका सचिव प्रकाश साउद ,क्षेत्र नम्बर २ क्षेत्रीय सभापति पुष्पराज शर्मा,महाधिवेशन प्रतिनिधि वसन्ती बिष्ट ,टेकबहादुर बिक, एकीकृत समाजवादीका नेता शेरबहादुर बुढा ,नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारी , काङ्ग्रेस अछामका नेता बिनोद थापा,नेत्र रावल ,राम प्रसाद भाट,वसन्त भाट ,तरुण दल अछामका अध्यक्ष रमेश बिष्ट , लगायतको उपस्तिथि रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय