अछाम , कार्तिक १४ ।   नेकपा एमाले अछाम क्षेत्र न २ प्रदेश (ख) का उमेदवार शिव प्रसाद उपाध्याले देश विकासका लागि एमालेले जित्नु आवश्यक रहेको बताउनुभएको छ । मुलुकलाई विकासको सहि दिशामा अघि बढाउने योजना नेकपा एमाले बाहेक अरु दलसंग नभएको भन्दै यसपालिको निर्वाचनमा एमालेका उमेदवारलाई विजयी गराई देशको मुहार फेर्ने कार्यमा सहयोग अनुरोध गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा न १० र ११ मा भएको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता उपाध्याले आफु यस क्षेत्रका जनताहरुले भोगीरहेका समस्याका बारेमा चिरपरिचत रहेकाले आफुलाई निर्वाचित गराएमा जनताका सुख्ख दुखमा साथ दिने प्रतिबद्धता जनाउनु भएको थियो । घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमालेका प्रदेशकमीटी सचिवालय सदस्य भिम बहादुर जनालाले यस भन्दा अघि नेकपा एमालेको सरकारको पालमा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनताको माझमा उतिकै लोकप्रिय रहेको बताउनुभयो । नेता जनालाले एमालेलाई मतदान नगर्दा देशको राष्ट्रियता कमजोर हुने र विकास आयोजनाहरु ठप्प हुने भएकाले एमालेका उमेदवारलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । कार्यक्रममा एमाले जिल्ला कमीटी सचिवालय सदस्य एवं नगरकमीटी ईन्चार्ज लीला राज केसी, अनेरास्वीयुका केन्द्रिय सचिवालय सदस्य कमल ढुंगाना, एमाले नगरकमीटी सचिव डम्बर बहादुर रावल, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय