हिक्मत नेपाली
कमलबजार, कार्तिक २२ ।
जिल्ला निर्वाचन कार्यालय अछामको आयोजनामा कमलबजार नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निवार्चन २०७९ लागी नमुना मतदान भएको हो । नमुना मतदानले मतपत्र बदर हुने संख्यामा कमीहुने कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो । नमुना मतदानमा पालिकाका उपप्रमुख शारदा कुमारी बिष्ट, कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्ट लगायतको उपस्थिीती रहेको थियो । नमुना मतदान कार्यक्रमका लागी बिभिन्न सरोकारवाला नागरिकलाई खबर गरिएकोले उल्लेख्य सहभागीता रहेर सम्पन्न भएको प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाईले जानकारी दिनुभयो । कार्यक्रममा पालिकामा कार्यरत कर्मचारी ,म्यादि प्रहरी तथा सहभागी हुन आएका १ सय भन्ला बढी नागरिकको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय