सुबाश अधिकारी, १४ मंसिर २०७९

कमलबजार नगरपालिकाका नगर उप–प्रमूख सारदा बिष्ट कुँवरले स्थानिय कला संस्कृतीको जर्गेनाका लागी दोस्रो कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सबले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छन् । दोस्रो कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सब २०७९ को कमलबजारमा आज बुधबार उद्घाटन गर्दै उप–प्रमूख कुँवरले यस्तो बताएकी हुन् ।

 

महोत्सब उद्घाटनको प्रमुख अतिथीको आशनबाट बोल्दै उप–प्रमूख कुँवरले स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाको उजागर हुने भएकाले पनि यो महोत्सब निकै महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरिन् ।

 

चेतना जन जागरण यूवा क्लबका युवाहरुको सक्रियतामा आयोजना गरिएको महोत्सबको पूर्ण सफलताको शुभकामना दिँदै कुँवरले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिनु पर्ने धारणा राखिन् । यस ठाँउको कला संस्कृती, भेषभुषा बाजा–गाजाको पनि संरक्षण गर्नुपर्ने बताउँदै उप–प्रमूख कुँवरले महोत्सबका लागी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

 

एक फरक प्रसंगमा बोल्दै उप–प्रमूख कुँवरले जारी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले गाँउ समाजमा हुने बिभिन्न महिला हिंसाको अन्त्य गर्न सबै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने धाराणा राखिन् ।

 

महोत्सब उद्घाटन कार्यक्रममा नगरपालिका स्थित बिभिन्न पार्टी प्रतिनिधी, संघ–संस्थाका प्रतिनिधी, बिभिन्न संचार माध्यममा आबद्ध संचारकर्मी, पत्रकार लगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो । चेतना जनजागरण युवा क्लबका उपाध्यक्ष जनक थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन योगेश ढकालले गर्नुु भएको हो ।

 

जिल्लाको मुुख्य व्यापारिक केन्द्र मध्येको एक कमलबजारमा यहि मंसिर १४ गते देखि २४ गते सम्म आयोजित महोत्सबमा आज उद्घाटन कार्यक्रम संगै बिभिन्न स्थानिय कलाकारहरुको प्रस्तुती तथा नृत्य देखाईएको थियो । महेत्सबको दोस्रो दिन भोली बिहिबार चर्चित लोक गायक गोपाल नेपाल जिएम, रेशम नेपकिङ्ग लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यस अघि कार्तिक ३ देखि १२ गते सम्म गर्ने भनिएको निर्वाचन आचारसंहिताका कारण रोकिएको महोत्सब पुनः आज मंसिर १४ देखि २४ गते सम्म आयोजना गर्न लागिएको हो ।

 

नगर बिकासको आधार, कृषी पर्यटन र व्यापार भन्ने मुुल नाराका साथ दोस्रो कृषी पर्यटन तथा साँस्कृतिक मेला महोत्सब २०७९ संचालन गरिएको आयोजकले जनाएको छ । कमलबजार नगरपालिकाको समन्वय तथा कमलबजार बिकास पर्वद्धन समिती र उद्योेग वाणिज्य संघ कमलबजार प्रबद्र्धक रहने गरि महोत्सब संचालन गरिने सुुदुरपश्चिम मेला महोत्सब समिती संयोजक बिकास थापाले जानकारी दिनुुभयो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय