कमलबजार, मंसिर १४ ।
टिएमटी युवा फाउन्डेसन द्वारा कमलबजारका बाढी पिडितलाई राहत हस्तान्तरण गरिएको छ । कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिर्घा टमट्टाको अध्यक्षतामा भएको राहत हस्तान्तरण कार्यक्रममा भाद्र ३१ गते राति अविरल बर्षाले घरवार विहिन तथा आफन्त गुमाएका ५ परिवारलाई १५ हजारका दरले रकम हस्तान्तरण गरिएको हो । फाउन्डेसन मार्फत राहत संकलन गरि पठाईएको रकम केही दिन अघिनै हस्तान्तरण गर्नु पर्ने भएता पनि निर्वाचन लगायतका कारणले केहि ठिला गरि आज हस्तान्तरण गरिएको वडा अध्यक्ष टमट्टाले बताउनु भयो । राहत हस्तान्तरण कार्यक्रमको कमलबजार मिडिया प्रा लिले सहजिकरण गरेको थियोे ।यश अघि TMT YUVA FOUNDATION ले सडक दुर्घटना घाइते भई उपचारका क्रममा मृत्यु भएका टेके कामीको उपचारका लागि पनि ५७ हजार ४० सहायता गरेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय